ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०७५ साल : पूँजीबजारमा नीतिगत सुधार, परिसूचकमा ९६.१३ अंकको कमी

Apr 12, 2019  
मुख्य खबर अभियान परिशिष्ट (सप्लिमेन्ट) निर्माणको वर्ष - २०७५
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
२०७५ सालमा नेप्से परिसूचक ९६ दशमलव १३ अंकले घट्न पुगेको छ । २०७५ वैशाख २ गते १ हजार २८० दशमलव १५ विन्दुबाट शुरू भएको परिसूचक चैत २८ गते १ हजार १८४ दशमलव शून्य २ विन्दुमा बन्द भएको छ । १ वर्षमा लगानीकर्ताहरूको सम्पत्ति बजार पूँजीकरण ३ दशमलव ५३ प्रतिशतले घट्न पुगेको छ । वैशाखमा रू. १५ खर्ब रहेको बजार पूँजीकरण चैतको अन्त्यमा रू. १४ खर्ब ४७ अर्बमा झरेको छ । १ वर्षमा लगानीकर्ताले रू. ५३ अर्ब शेयरबजारबाट गुमाएका छन् । १२ महीनामा नेप्से परिसूचक ६ महीना बढेको छ भने ६ महीना घटेको छ । प्रत्येक महीनामा कारोबार भएको पहिलो दिन र अन्तिम दिनको तुलनामा गर्दा यस्तो देखिएको हो । लगानीकर्तालाई पूँजीबजारमा प्रवेश गराउन नियामक निकायले विभिन्न स्थानमा शेयर सम्बन्धी तालीम दिँदै आएको छ । यसले गर्दा पूँजीबजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरू पनि थपिएका छन्, यसबाट लगानीकर्ताको संख्या वृद्धिमा सहयोग पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीमार्फत मेरो शेयरबाट आईपीओ, हकप्रद, एफपीओ, डिवेन्चरमा आवेदन दिन सजिलो बनाएपछि लगानीकर्तालाई सहज हुनुका साथै समयको बचत भएको छ । २०७५ सालमा १४३८.४९ विन्दुभन्दा माथि पुगेन नेप्से १५ लाखभन्दा बढी लगानीकर्ताको लगानी रहेको शेयरबजारमा १ वर्षभित्र २ सय ३८ दिन कारोबार भएको छ । यसबीचमा शेयर बजार १ सय दिन बढेको थियो भने १ सय ३७ दिन घटेको थियो । १ वर्षभरिमा सबैभन्दा उच्च वैशाख ९ गते १ हजार ४३८ दशमलव ४९ विन्दुमा पुगेको थियो । सो दिन ५० दशमलव १८ अंकले बढेर बजार सो विन्दुमा पुगेको थियो । सो दिन रू. १ अर्ब २३ करोडको शेयर कारोबार भएको थियो । लगानीकर्ताहरूको सम्पत्ति वर्षभरिकै उच्च रू. १६ खर्र्ब ८६ अर्ब बराबरको रहेको थियो । फागुन २ गते वर्षकै सबैभन्दा धेरै कारोबार भएको दिन हो । सो दिन रू. २ अर्ब १६ करोडको शेयर कारोबार भएको थियो । सो दिन एभरेस्टको संस्थापक शेयर प्रतिकित्ता रू. २ सय ६५ मा रू. १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार बराबरको कारोबार भएपछि उच्च कारोबारको कीर्तिमान कायम भएको थियो । त्यसपछि वैशाख १० गते रू. १ अर्ब ५३ करोडको शेयर कारोबार भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)