ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी लघुवित्त : कम्पनी विश्लेषण (सोमवार, २ वैशाख २०७६)

Apr 15, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गत पुस १ गते लक्ष्मी लघुवित्तले पारित गरेको नगद लाभांश लगानीकर्ताहरूको खातामा जम्मा गरिसकेको छ । कम्पनीले गतवर्षको मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । अघिल्लो वर्ष पनि कम्पनीले यस वर्षकै रेशियोमा लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको लाभांशमा भने १६ दशमलव ३२ प्रतिशत नगद र १० प्रतिशत बोनस थियो । यस कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गतवर्षभन्दा ८.८७ प्रतिशत बढी रू. ४ करोड ८५ लाख १७ हजार खुद नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २४ करोड २० लाख छ । दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको जगेडा कोषमा रू. १८ करोड ४३ लाख ७ हजार छ । लक्ष्मी बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले यस आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १ हजार ५५ कित्ता शेयर खरीद र ६४८ कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको १ हजार ३ सय ७४ कित्ता शेयर कारोबार भएको छ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने वा घट्ने निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ५१ दशमलव ६६ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ५६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७ सय ४६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)