ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालिका पावर कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २ वैशाख २०७६)

Apr 15, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. १ करोड १९ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. १० करोडभन्दा बढी आम्दानी गरेकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. ६० करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. ५१ लाख ८७ हजार छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७८, मूल्य आम्दानी अनुपात १४ दशमलव ६०, तरलता अनुपात १ः१.३१ र प्रतिशेयर नेटवर्थ रू. १ सय दशमलव ८६ छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १ सय २ र न्यूनतम रू. ८९ पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १ हजार ७ सय २० कित्ता शेयर खरीद गर्ने र ५ सय कित्ता विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४२ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ०१ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)