राधी विद्युत् कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २ वैशाख २०७६)
Apr 15, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले कम्पनीले पुस मसान्तसम्ममा रू. ३ करोड ५९ लाख नाफा कमाएको छ । यो गत आवको तुलनामा ४ दशमलव ९ प्रतिशत कम हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ३ करोड ७८ लाख नाफा कमाएको थियो । पुस मसान्तसम्ममा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आएको थियो । त्यस्तै, खोलामा पानीको प्रवाह घट्दा त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेर नाफा घटेको हो । चुक्तापूँजी रू. ४५ करोड १० लाख रहेको कम्पनीले रिजर्भ कोषमा रू. १२ करोड ७३ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ९४, मूल्य आम्दानी अनुपात रू. १० दशमलव २९, तरलता अनुपात १ः०.९८ र प्रतिशेयर नेटवर्थ रू. १ सय २८ दशमलव २४ रहेको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. १ सय ७९ र न्यूनतम रू. १ सय ५१ पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ हजार ५ सय २८ कित्ता शेयर खरीद गर्ने र १० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव १८ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ७५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६४ मा टेवा पाउने देखिन्छ ।