किसान माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ३ वैशाख २०७६)
Apr 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू. १ करोड १ लाख नाफा कमाएको छ । यो गत आवको तुलनामा ४ सय १४ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. १९ लाख ६४ हजार नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ८ करोड ५५ लाख रहेको कम्पनीले रिजर्भ कोषमा रू. २ करोड ४४ लाख छुट्याएको छ । कम्पनीको पुस ७ गते सम्पन्न साधारणसभाले २९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सो बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापूँजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ९ सय ९७ र न्यूनतम रू. ७ सय ९० पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ६ सय ३० कित्ता शेयर खरीद गर्ने र १ सय २८ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६८ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ९७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ३५ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । सोमवारको शेयरमूल्य रू. ८ सय २० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७ सय ९१ मा टेवा पाउने देखिन्छ ।