महुली सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ३ वैशाख २०७६)
Apr 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
हाल कम्पनीले १५ जिल्लामा ३९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको छ । चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. २ करोड २ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. ७ करोड २० लाख रहेको कम्पनीले रिजर्भ कोषमा रू. १६ करोड २४ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ५६ दशमलव ३५, मूल्य आम्दानी अनुपात ४६ दशमलव ५०, तरलता अनुपात १२ दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. ३ सय २५ दशमलव ५७ छ । साथै, कम्पनीको ३ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्छन् । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १ हजार ५ सय २५ पुगेको छ भने न्यूनतम रू. १ हजार २ सय १० पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ८० कित्ता शेयर खरीद गर्ने र ६० कित्ता शेयर विक्री गर्ने माग थियो । अन्त्यमा अर्डर म्याच हुन नसक्दा शेयर कारोबार भएको छैन ।
निष्कर्ष
कम्पनीको ५६ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४० दशमलव २६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव १८ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई औसत रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १ हजार २ सय ३० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २ सय ८५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २ सय १० टेवा पाउने देखिन्छ ।