फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, ४ वैशाख २०७६)
Apr 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. ९ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा गत आवकोे सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ७ करोड ३० लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २० प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ६८ करोड ४३ लाख छ । कम्पनीले रिजर्भ कोषमा रू. १८ करोड ९२ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको तेस्रो त्रैमासको तुलनामा ३० दशमलव ९९ प्रतिशत बढी हो । निरन्तर गुणस्तरीय थोक लघुवित्त वित्तीय सेवा दिने कार्यमा केन्द्रित रहने, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साझेदार संस्थाहरूमार्फत अधिकतम ऋणीहरूसम्म वित्तीय पहुँच वृद्धिका लागि प्रभावकारी ढंगले काम गर्ने कम्पनीको आगामी योजना छ । साथै, यस लघुवित्त वित्तीय संस्थाले साझेदार संस्थाहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनेछ ।
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ बीच तुलना गर्दा :
चैत मसान्तसम्ममा कम्पनीले रू. ५ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा प्रवाह ३४ प्रतिशत बढी हो । कम्पनीले रू. २० लाख लगानी गरेको छ । स्थिर सम्पत्ति रू. ५९ लाख २५ हजार छ भने अन्य सम्पत्ति रू. ३ करोड ३९ लाख छ ।
कम्पनीले चैत मसान्तसम्ममा रू. ४७ करोड ७१ लाख ब्याज आम्दानी गर्दा रू. ३३ करोड २१ लाख ब्याज खर्च भएको छ । गत आवको सोही अवधिको तुलनामा ब्याज आम्दानी ३३ प्रतिशत बढी हो । कर्मचारी खर्च १० प्रतिशत बढेर रू. १ करोड ४० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च रू. ९६ लाख ४० हजार पुगेको छ ।
सम्भावित जोखिम बापतको व्यवस्थामा कम्पनीले रू. १ करोड ५ लाख छुट्याएको छ । निष्क्रिय कर्जा शून्य छ भने पूँजीकोष लागत १० दशमलव ६९ प्रतिशत र पूँजीकोष पर्याप्तता १७ दशमलव २२ प्रतिशत छ ।
चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १७ दशमलव ९०, मूल्य आम्दानी अनुपात २१ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ रू. १ सय २७ दशमलव ६५, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ८ सय २६ दशमलव ३२ र तरलता अनुपात ९ दशमलव ०१ छ । मंगलवारको शेयरमूल्य रू. ३ सय ९९ कायम भएको छ ।
अर्निङ पावर रेशियो : . ०.०१६ गुणा
अर्निङ यिल्ड रेशियो : .४.४८ प्रतिशत
विक्री चाप : मंगलवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ११ हजार १ सय ३७ कित्ता शेयर विक्री गर्ने र ९ हजार ७ सय २० कित्ता शेयर खरीद गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ६९ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै, कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३ सय ९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ८३ मा टेवा पाउने देखिन्छ ।