बैंक अफ काठमाण्डू : कम्पनी विश्लेषण (शुक्रवार, ६ वैशाख २०७६)
Apr 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीको माघ १७ गते सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ११ प्रतिशत नगद लाभांश भने शेयरधनीको बैंक खातामा पठाइसकेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा रू. ६६ करोड १३ लाख छ । चुक्तापूँजी रू. ७ अर्ब ७ करोड छ । १४ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ६ करोड पुग्नेछ । ६२ दिनको कारोबार अवधिमा बैंकको शेयरमूल्य अधिकतम रू. ३ सय २९ र न्यूनतम रू. २ सय ३४ पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १८ हजार २२६ कित्ता शेयर खरीद र ३ हजार ५४४ कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने निश्चित संकेत गर्दैन । आरएसआई ओभरसोल्ड जोन ७१ दशमलव ८५ विन्दुमा छ । यसले शेयर विक्री बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. २ सय ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. २ सय ६३ मा टेवा पाउने देखिन्छ ।