चौतारी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण(आइतवार, ८ वैशाख २०७६)
Apr 21, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १ सय ८४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. ६५ लाख ४२ हजार नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ३४ लाख खराब कर्जा उठाएकाले नाफामा वृद्धि भएको हो । चुक्तापूँजी रू. १८ करोड ६० लाख रहेको कम्पनीले रिजर्भ कोषमा रू. ३ करोड ३५ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ३३, मूल्य आम्दानी अनुपात ४५ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १ सय १८ दशमलव ०४ छ । ४६ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ६ सय १ र न्यूनतम रू. २ सय ५८ पुगेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ३ हजार ५ सय ८५ कित्ता शेयर खरीद गर्ने र १ हजार २ सय ९० कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ४७ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ०४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ८२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ५ सय २ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ३० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ७८ मा टेवा पाउने देखिन्छ ।