ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटी एक्सप्रेस फाइनान्स : कम्पनी विश्लेषण(आइतवार, ८ वैशाख २०७६)

Apr 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ३ करोड ९६ लाख खराब कर्जा उठाएको छ । कम्पनीले उक्त अवधिमा रू. ९४ लाख ९५ हजार नाफा कमाएको छ । यो नाफा असोज मसान्तसम्मको तुलनामा १८ प्रतिशत बढी हो । असोज मसान्तसम्ममा कम्पनीले रू. ८० लाख १० हजार नाफा कमाएको थियो । कम्पनीले २०७४ मङ्सिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त भएपछि निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीको कार्यलाई निरन्तरता दिइरहेको छ । अर्कोतर्फ व्यवसाय वृद्धिका लागि समेत आन्तरिक गृहकार्यमा लागेकाले मौज्दात, कर्जा प्रवाह असुलीमा सामान्य वृद्धि देखिएको कम्पनीले प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. ५३ दशमलव २१ छ । चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी रू. ४० करोड २१ लाख छ । कम्पनीको ३९ दिनको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. १ सय ३३ र न्यूनतम रू. ९४ पुगेको छ । प्राविधिक विश्लेषण खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म २ सय कित्ता शेयर खरीद गर्ने र १५ कित्ता शेयर विक्री गर्ने माग थियो । निष्कर्ष कम्पनीको ४० दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ०१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय २ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ३ मा टेवा पाउने र मूल्य सस्तिएमा रू. ९६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)