ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १० वैशाख २०७६)

Apr 23, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
लक्ष्मी लघुवित्त कम्पनी लक्ष्मी बैंकको सहायक कम्पनीले हो । यस कम्पनीमा ७० प्रतिशत लक्ष्मी बैंकको शेयर स्वामित्व छ भने सर्वसाधारणतर्फ ३० प्रतिशत छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ७ करोड ९१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ६६ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २४ करोड २० लाख छ । कम्पनीले शेयरधनीलाई २०७४/७५ को मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म १ हजार २ सय ५३ कित्ता शेयर विक्री गर्ने र ४ सय ४५ कित्ता शेयर खरीद गर्ने माग थियो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. ८ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ३५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ७ सय ७० मा टेवा पाउने देखिन्छ । सोही अवधिमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ६ अंक बढेर रू. ८ सय ३५ पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)