ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण भ्याली हाइड्रोपावर : कम्पनी विश्लेषण (मंगलवार, १० वैशाख २०७६)

Apr 23, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एफपीओ जारी गर्ने प्रस्तावलाई स्थगित गर्दै शत प्रतिशत हकप्रदको योजना अघि सारेको अरुण भ्याली हाइड्रोपावर कम्पनीले हालसम्म पनि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको देखिँदैन । यो प्रस्तावलाई कम्पनीले गत मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारणसभामार्फत पारित गरेको हो । उक्त सभाले हाल कायम जारी पूँजी रू. १ अर्ब ५० करोडलार्ई बढाएर रू. २ अर्ब ५० करोड पुर्‍याउने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ३० लाख १२ हजार छ । कम्पनीको सोमवार भएको शेयर कारोबारमा ९ हजार ६५० कित्ता शेयर खरीद र ८ हजार ३ सय ९८ कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. १०१ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ०.७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १०१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १०५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १०० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)