ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण काबेली पावर : कम्पनी विश्लेषण (मंगलवार, १० वैशाख २०७६)

Apr 23, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १ करोड ५० लाख कित्ता शेयर सूचीकृत रहेको अरुण काबेली पावर लिमिटेडको बजार पूँजीकरण रू. २ अर्ब ४४ करोड ५० लाख छ । दोस्रो बजारमा आइतवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १६३ कायम भएको छ । कम्पनीले व्यावसायिक योजनाअनुरूप २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ६२ करोड ६४ लाख १९ हजार खुद नाफा गरेको थियो । सोमवारको कारोबारमा २ हजार १९१ कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. १७१ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ८५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १७७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १६३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)