ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)

Apr 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चैत मसान्तसम्ममा रू. २ अर्ब २१ करोड खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. १ अर्ब ८७ करोड कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी १६ प्रतिशत र सञ्चालन नाफा १८ प्रतिशत बढेकाले खुद नाफामा वृद्धि भएको हो । कम्पनीले ३ महीनामा मात्र रू. ७८ करोड ६१ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. ८ अर्ब १० करोड रहेको कम्पनीले रिजर्भ कोषमा रू. ६ अर्ब १२ करोड छुट्याएको छ । गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । एनएफआरएस प्रणाली अनुसार विभिन्न शीर्षकमा रकम छुट्याएपछि कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ५३ करोड पुगेको छ । प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ८१ छ । मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म १० हजार ४ सय ७८ कित्ता शेयर विक्री गर्ने र ७ हजार ५ सय ३७ कित्ता शेयर खरीद गर्ने माग थियो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई ओभरसोल्ड जोन ८२ दशमलव ०१ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव १० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ६ सय ७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ८० मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ६ सय मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)