ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वरुण हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)

Apr 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा २०७५ जेठ २२ गते निवेदन दिएको थियो । कम्पनीले २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । चैत मसान्तसम्ममा कम्पनी रू. २१ लाख ५४ हजार नोक्सानीमा छ । गत आवको सोही अवधिमा रू. ५५ लाख ४५ हजार नोक्सानीमा थियो भने चालू आवको दोस्रो त्रैमासमा रू. ३७ लाख ४२ हजार नाफा कमाएको छ । चैत मसान्तसम्ममा कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड ८ लाख आम्दानी गरेको छ । रू. २५ करोड ५१ लाख चुक्तापूँजी रहेको कम्पनीले रिजर्भ कोषमा रू. २ करोड ५३ लाख छुट्याएको छ । मंगलवारको कारोबारमा १ हजार ५० कित्ता शेयर खरीद गर्ने र ६ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा कालो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ४६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९२ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)