ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमामाई हाइड्रो : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)

Apr 24, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गतवर्षको सञ्चित मुनाफाबाट लगानीकर्ताहरूलाई १० प्रतिशत बोनस वितरण गरेको सानिमामाई हाइड्रोले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. २२ करोड ९६ लाख ६३ हजार नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले विद्युत् विक्रीबाट रू. ४७ करोड ४७ लाख ८३ हजार आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड १० लाख छ । मंगलवार भएको शेयर कारोबारमा ९ हजार ४५० कित्ता शेयर खरीद र १ हजार ५९० कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. २२९ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बुलिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. २२७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)