काठमाडौं (अस) । धादिङ केन्द्रबिन्दु भएर बुधवार भूकम्पका तीन अनुकम्प गएका छन् । उक्त अनुकम्प ४ वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार हालसम्ममा ४ हजारभन्दा बढी अनुकम्प आइसकेका छन् । बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो । यसअघि बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।
बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको ५ दशमलव २ रेक्टर स्केलको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४ दशमलव २ रेक्टर स्केलको धक्का गएको थियो ।