काठमाडौं (अस) । भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खातामार्फत विभिन्न तीन किस्तामा अनुदान वितरण गरिरहेको छ ।
उक्त अनुदानबाट ३ लाख ८२ हजार २७७ घरको पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै २ लाख ३० हजार ६५८ घरको पुनर्निर्माण भइरहेको छ । प्राधिकरणले गरेको अध्ययनमा जोखिमयुक्त बस्ती १ हजार ३९ र सुरक्षित बनाउन सकिने बस्ती ३५६ ओटा भएकोमा ६२८ परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराइएको छ ।