काठमाडौं (अस) । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धूलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्र्माण गरिएका तीनओटा भवनको उद्घाटन गर्नुभएको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट भवनको पुनर्निर्माण गरिएको हो । सुविधासम्पन्न भवनको पुनर्निर्माण लागत ९ करोड ९८ लाख रुपैयाँ छ ।