ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन

Apr 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको संयुक्त आयोजनामा बिहीवारदेखि तीनदिने भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि भूकम्पीय चुनौती सामना गर्न अनुसन्धानकर्ता, प्राज्ञिक जगत् र राजनीतिक नेतृत्व स“गै बसेर नया“ समाधानका उपाय पहिल्याउन सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी श्रेष्ठ जोशीले भक्तपुर नगरपालिकाले गर्दै आएको कला–संस्कृति संरक्षण र सम्पदा पुनर्निर्माणका कार्यबारे ‘भक्तपुर नगरको मूर्त र अमूर्त सम्पदाको पुनर्जीवन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछिन् । पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयका संरचना विज्ञ प्रा.डा. प्रेमनाथ मास्केले ‘भूकम्पपछिको पुनर्निर्माणमा परम्परागत गारोवाला संरचना’ विषयमा प्रमुख वक्ताका रूपमा प्रस्तुति दिने कार्यक्रम राखिएको छ । त्यसैगरी पुल्चोक क्याम्पसका प्रा.डा. सुदर्शनराज तिवारीले ‘शहरी सम्पदा क्षेत्रको संरक्षणका चुनौती’ विषयमा प्रस्तुति दिनेछन् । यस्तै टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजी, जापानका प्रा.डा. सुसुमु कोनोले ‘भवनको लचिलोपना ः जापानी प्रयास र संघर्ष’ विषयमा प्रस्तुति दिने बताइएको छ । सम्मेलनको पहिलो र दोस्रो दिन ६ ओटा सत्रमा भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनासँग सम्बन्धित विभिन्न विषयमा ६२ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा चीन, भारत, जापान, बेलायत र दक्षिण कोरियाका १२ जना विज्ञको प्रस्तुति रहनेछ, जहाँ १६ जना विदेशी प्राध्यापक, अनुसन्धानकर्ता र शोधकर्ताको सहभागिता रहनेछ । नेपाल र अन्य मुलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक र शोधकर्ताका ५० शोधपत्र प्रस्तुत हुने सम्मेलनमा २५० सहभागीका लागि व्यवस्था गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)