ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपछिको पुनर्निर्माण विशेष : भौतिक क्षतिको दाबी भुक्तानी शतप्रतिशत नजीक

Apr 25, 2019  
मुख्य खबर अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
जीवन बीमातर्फ शतप्रतिशत भुक्तानी काठमाडौं । बीमा कम्पनीहरू भूकम्पबाट क्षतिग्रस्त बीमित भौतिक सम्पत्तीको दाबी भुक्तानीमा शतप्रतिशत नजीक पुगेका छन् । बीमा समितिको पछिल्लो (पुससम्मको) तथ्यांकअनुसार यस कम्पनीहरूले ९८ दशमलव ८५ प्रतिशत बीमितलाई भुक्तानी दिइसकेका छन् । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै १६ निर्जीवन बीमा कम्पनीमा दाबीका लागि १७ हजार ८ सय निवेदन परेका थिए, जसमध्ये ११ हजार ६१६ निवेदन दाबी पाउनयोग्य थिए । त्यसअन्तर्गत हालसम्म ११ हजार ४१२ जनाले दाबी भुक्तानी पाइसकेको तथ्यांकमा उल्लेख छ । यस्तै २०४ निवेदनमाथि दाबी भुक्तानी हुन बाँकी छ । बीमा दाबीस्वरूप रू. १६ अर्ब ८६ करोड १६ लाखबराबरको निवेदन परेकोमा रू. १६ अर्ब २६ करोड ९२ लाखबराबर दाबी स्वीकृति भएको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये हालसम्म रू. १४ अर्ब १ करोड ९३ लाखबराबरको दाबी पछ्र्योट भइसकेको छ, जसमा विदेशी पुनर्बीमा कम्पनीबाट रू. ९ अर्ब ८१ करोड ९ लाख रकम प्राप्त भएको छ । तथ्यांकअनुसार अझै रू. २ अर्ब २४ करोड ९९ लाखबराबरको दाबी पछ्र्योट हुन बाँकी छ । चार कम्पनीले गरे शतप्रतिशत भुक्तानी ४ वर्षको अवधीमा चार बीमा कम्पनीले शतप्रतिशत भुक्तानी गरेका छन्, जसमा एभरेस्ट, लुम्बिनी जनरल, प्रिमियर र एनएलजी इन्स्योरेन्स छन् । तर सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ८६ दशमलव ५७ प्रतिशत बीमितलाई मात्र भुक्तानी दिएको छ । यसका अलावा अन्य कम्पनीहरू दाबी भुक्तानीको अन्तिम चरणमा रहेको देखिन्छ । १६ कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्समा सबैभन्दा बढी रू. ४ अर्ब ८९ करोड ४ लाखबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ३ अर्ब ८७ करोड ३५ लाख दाबी फर्छ्योट भइसकेको तथ्यांकमा उल्लेख छ । यस्तै राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा कम रू. ११ करोड ४४ लाखबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ८ करोड १७ लाखबराबरको दाबी फर्छ्योट भइसकेको तथ्यांक छ । महाविपत्तिको समयमा अन्य विकसित मुलुकको तुलनामा नेपालमा दाबी भुक्तानी छिटो भएको समितिको भनाइ छ । यद्यपि पछिल्लो समय दाबी भुक्तानीको कार्य सुस्त देखिएको छ । २०७४ सालसम्म ९२ दशमलव ३२ प्रतिशत दाबी भुक्तानी भएको थियो । तर यस अवधिमा यसको मात्रा शून्य दशमलव ५३ प्रतिशत थप भएको देखिन्छ । ठूला भौतिक संरचनाको सर्वेक्षण गर्न कठिनाइ र कम्पनीसँग मिलापत्र नहुँदा केही निवदेनको दाबी भुक्तानीमा ढिलाइ भएको समितिका उपनिर्देशक धुव्र तिमिल्सिनाले बताए । उनले भने, ‘यस्ता विवादित विषयमा सहमति गर्न सके छिट्टै शतप्रतिशत बीमितले भुक्तानी पाउनेछन् ।’ जीवन बीमातर्फ शतप्रतिशत भुक्तानी यस अवधिमा जीवन बीमातर्फ शतप्रतिशत दाबी भुक्तानी भएको थियो । भूकम्पका कारण करीब १० हजार मानिसले ज्यान गुमाउँदा ३६० जनाको मात्रा दाबी परेको थियो । उक्त दाबीउपर ९ जीवन बीमा कम्पनीले २०७३ सालमै भुक्तानी दिइसकेको तथ्यांकमा उल्लेख छ । रकमको आधारमा रू. ९ करोड १५ लाखबराबरको दाबी भुक्तानी भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)