ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, १५ वैशाख २०७६)

Apr 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एभरेष्ट इन्स्योरेन्स कम्पनी ३ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत २७ गते स्वीकृति पाएको थियो । कम्पनीले पूँजीवृद्धिका लागि ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब पुग्नेछ । विक्रीप्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो । वैशाख ८ गतेसम्म शेयर किन्ने शेयरधनीले ३ सय प्रतिशत हकप्रद शेयरका लागि आवेदन दिन सक्छन् । बिहीवार भएको कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १५ हजार ८१ कित्ता शेयर खरीद गर्ने माग थियो । ४ दिनयता कम्पनीको शेयरमूल्य बढेर सर्किट ब्रेक लागेको छ । बिहीवार पनि कम्पनीको शेयरमूल्य ४२ अंक बढेर रू. ४ सय ६९ पुगेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन २८ दशमलव ९८ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ सय ३५ विन्दुमा छ । उतारचढाव उच्च छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सयमा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ५४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)