ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक : कम्पनी विश्लेषण (बुधवार, १८ वैशाख २०७६)

May 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको ९ महीनामा रू. २ अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशत कम हो । बैंकले उक्त अवधिमा रू. २ अर्ब ५६ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । चुक्तापूँजी रू. ९ अर्ब ८१ करोड पुगेको बैंकले रिजर्भमा रू. १५ अर्ब ६१ करोड छुट्याएको छ । एनएफआरएस प्रणालीअनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ६२ करोड छ । मंगलवार भएको शेयर कारोबारमा ३ लाख ७८ हजार ९ सय ४१ कित्ता शेयर खरीद गर्ने र १ लाख ४१ हजार ७ सय ७२ कित्ता शेयर विक्री गर्ने माग थियो । सोही दिन बैंकको रू. ९ करोड भन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ७० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ५३ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ३ सय १८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय २५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)