ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, १८ वैशाख २०७६)

May 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले पूँजीवृद्धिका लागि २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त हकप्रद शेयर पारित गर्न कम्पनीले वैशाख २५ गते साधारणसभाको आयोजना गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद शेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८८ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएको थियो । मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २३ हजार ७ सय ७५ कित्ता शेयर खरीद गर्ने र ३ हजार ५ सय ३४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५१ दशमलव २६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव ८९ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ५ सय २१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ५५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय २ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)