ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सनराइज बैंक : कम्पनी विश्लेषण (बुधवार, १८ वैशाख २०७६)

May 1, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
सनराइज बैंकले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ अर्ब २२ करोड ६० लाख ९८ हजार खुद नाफा कमाएको छ । यो नाफा गतवर्षको तुलनामा ३० दशमलव १४ प्रतिशत बढी हो । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ९४ करोड २१ लाख २२ हजार नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा रू. ९१ करोड ३४ लाख २५ हजार पुगेको छ । गतवर्षको तुलनामा सञ्चालन नाफा २१ दशमलव २५ प्रतिशत बढेको छ । प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसा छ । बैंकको मंगलवार भएको शेयर कारोबारमा २१ हजार ९ सय ७५ कित्ता शेयर खरीद गर्ने र ११ हजार ३ सय ७८ कित्ता शेयर विक्री गर्ने माग थियो । शेयरमूल्य अघिल्लो दिनको तुलनामा ४ अंक बढेर रू. २ सय ६२ पुगेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव १५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २ सय ६२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ७२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ५८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)