ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ वैशाख २०७६)

May 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ३० गते १७औं वार्षिक साधारणसभाको आयोजना गर्ने भएको छ । कम्पनीले गतवर्षको सञ्चित मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ । सभा र लाभांश प्रयोजनका लागि सोमवार कम्पनीले बुक क्लोज गरेको थियो । नेप्सेले १८ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ सय ४८ दशमलव ३१ तोेकेको थियो । नेप्सेले कम्पनीको आधार मूल्य रू. १ हजार ९० दशमलव १५ लिएको हो । मूल्य समायोजनपछि कम्पनीको शेयर कारोबार रू. ९ सय ९५ मा खुला भएर अन्तिम मूल्य रू. ९६८ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य अधिकतम रू. ९९० र न्यूनतम रू. ९५८ पुगेको थियो । कम्पनीले तेस्रो त्रैमासमा रू. ६४ करोड ३० लाख २३ हजार खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४८ दशमलव ९४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५३ सय ९२ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिनेभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ९ सय ६८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १ सय १९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९ सय ५२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)