ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, १९ वैशाख २०७६)

May 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव पारित गर्न कम्पनीले जेठ ४ गते साधारणसभाको आयोजना गर्ने भएको छ । वैशाख १७ गतेसम्म शेयर स्वामित्व कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीले आकर्षक लाभांश दिने भएपछि शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मंगलवार कम्पनीको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा २६ हजार ४८८ कित्ता शेयर खरीद र ३७ हजार ७७२ कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ घटेर रू. १ हजार २ सय ७१ कायम भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबट जोन ८८ दशमलव ९८ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ७३ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १ हजार २७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ३१६ मा प्रतिरोध र सस्तिएमा रू. १ हजार १ सय ४५ टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)