ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएमडीसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बिहीवार, १९ वैशाख २०७६)

May 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको ९ महीनामा रू. २४ करोड ४४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. १८ करोड ६ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । कम्पनीको मंगलवारको कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ५ हजार ५४३ कित्ता शेयर खरीद र १ हजार ७७७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबट जोन ७८ दशमलव ७९ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३१ दशमलव ९१ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ६ सय ४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ८० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)