ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक: कम्पनी विश्लेषण ( आइतवार, बैशाख २२, २०७६)

May 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले शेयरधनीलाई २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव पारित गर्न वैशाख २६ गते साधारणसभाको आयोजना गर्ने भएको छ । वैशाख ५ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । चालू आवको ९ महीनामा बैंकले रू. १ अर्बभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ७३ करोड ६३ लाख नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. ७ अर्ब १६ करोड छ । २१ दशमलव २५ बोनस शेयर वितरण गरेपछि पूँजी रू. ८ अर्बभन्दा बढी पुग्नेछ । बैंकको वितरणयोग्य नाफा रू. ६१ करोड ६० लाख छ । बिहीवारको कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ४७ हजार ९६ कित्ता शेयर खरीद र ८ हजार ८ सय ८८ कित्ता विक्री गर्ने माग थियो । कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २ सय २४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ३६ मा प्रतिरोध र सस्तिएमा रू. २ सय २० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)