ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेरुडे लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण ( आइतवार, बैशाख २२, २०७६)

May 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले हाल ३० जिल्लामा ८४ शाखा तथा उपशाखा कार्यालयमार्फत १ लाख ३३ हजार ४४ विपन्न घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चालू आवको ९ महीनामा रू. ७ करोड ९७ लाख नाफा कमाएकोे छ । यो नाफा गत आवको तुलनामा १ सय १३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा रू. ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । बिहीवार कम्पनीको शेयरमूल्य ७ अंक बढेर रू. ५ सय २ पुगेको छ । उक्त दिन कम्पनीको १ हजार १० कित्ता शेयर खरीद विक्री भएको छ । कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव २८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ११ दशलमव ३२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ५ सय २ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय १० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४ सय ९५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)