प्राइम लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण ( आइतवार, बैशाख २२, २०७६)
May 5, 2019
 
लगानी
कम्पनी विश्लेषण
प्राइम लाइफ इन्स्योरेन्सले चालू आवको ९ महीनामा रू. १६ करोड ३६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १४ करोड ३१ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. २६ करोड ४६ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड पुगेको छ । जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पु¥याउन निर्देशन दिएको थियो । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण प्रकाशित गर्नुपरेकाले साधारणसभामा ढिलाइ भएको हो । बिहीवार कम्पनीको १० हजार १ सय कित्ता शेयर खरीदविक्री भएको छ । सो दिन कम्पनीको शेयरमूल्य रू. ५ सय ४ सम्म कारोबार भएर अन्तिममा रू. ४ सय ९७ मा बन्द भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी भएको सेतो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६० दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १६ दशलमव ३१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ९७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ७० मा टेवा पाउने देखिन्छ ।