ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरएसडीसी लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण ( आइतवार, बैशाख २२, २०७६)

May 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
  कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ४ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २ करोड ३० लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ६३ करोड ३५ लाख छ । बिहीवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ३ हजार १ सय ११ कित्ता शेयर विक्री गर्ने र १ हजार ६ सय २३ कित्ता शेयर खरीद गर्ने माग थियो । कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ८६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशलमव ३० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुन्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय २१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ७६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)