ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइफ इन्स्योरेन्स कर्पोरेशन : कम्पनी विश्लेषण ( बुधबार, बैशाख २५, २०७६)

May 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०७५ चैत ४ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएको हो । कम्पनीले चालू आवको ९ महीनामा रू. १० करोड ७१ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले रू. ९ करोड ९८ लाख नाफा कमाएको थियो । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. १८ करोड ८० लाख आम्दानी गरेकाले नाफामा वृद्धि भएको हो । मंगलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ९ हजार ५ सय ८० कित्ता शेयर खरीद गर्ने र २ हजार १ सय ४७ कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार कम्पनीको शेयरमूल्य १५ अंक बढेर रू. १ हजार ८ सय ८५ पुगेको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन ८० दशमलव ७० विन्दुमा छ । यसले शेयर कारोबार बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ७९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १ हजार ८ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ८ सय ९० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ६ सय ९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)