ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु बैंक : कम्पनी विश्लेषण ( बुधबार, बैशाख २५, २०७६)

May 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. १ अर्ब ५२ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५८ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ९१ करोड ७० लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४३ करोड छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकको मंगलवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ३८ हजार ३ सय ४७ कित्ता शेयर विक्री गर्ने र ३७ हजार ७ सय ३१ कित्ता शेयर खरीद गर्ने माग थियो । मंगलवार बैंकको ८१ हजार ९ सय ९७ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६५ दशमलव २१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. २ सय ८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ९८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ७५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)