स्वावलम्बन लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण ( बुधबार, बैशाख २५, २०७६)
May 8, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले हाल ५७ जिल्लाका १ सय २८ शाखा तथा उपशाखा कार्यालयबाट २ लाख ३३ हजार ३ सय ७२ विपन्न घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ११ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यस्तै, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. २८ करोड ५५ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । गतवर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २३ करोड ५९ लाख ५७ हजार खुद नाफा कमाएको थियो । मंगलवारको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २ हजार २० कित्ता शेयर खरीद र १ हजार ७४१ कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको १ हजार २६७ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ९३ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ९१३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९६४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८९१ मा टेवा पाउने देखिन्छ ।