ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विजय लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण ( बुधबार, बैशाख २५, २०७६)

May 8, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले २०७५ पुस १५ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख छ । १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम चुक्तापूँजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पुस १५ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको छ । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. ३ करोड ७० लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा दुई गुणा बढी हो । सो अवधिमा कम्पनीले रू. १ करोड ५४ लाख नाफा कमाएको थियो । कम्पनीले चैत मसान्तसम्ममा रू. ६० लाखभन्दा बढी खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी बढाएकाले नाफामा वृद्धि भएको हो । मंगलवार कम्पनीको शेयरमूल्य ७ अंक घटेर रू. ६०५ मा बन्द भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव २६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव ६२ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । मंगलवारको शेयरमूल्य रू. ६०५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय १२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ९८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)