ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुडविल फाइनान्स : कम्पनी विश्लेषण (बिहीवार, बैशाख २६, २०७६)

May 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा गुडविल फाइनान्स लिमिटेडले रू. ३ करोड १४ लाख खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी रू. ८० करोड पुगेको छ । गत आव तुलनामा जगेडा कोषको रकम ११ प्रतिशत बढेर रू. १५ करोड ६१ लाख पुगेको छ । तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २५ छ । प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ छ भने तरलता अनुपात ३१ दशमलव ६२ प्रतिशत छ । कम्पनीको शेयर प्रतिकित्ता रू. ११९ देखि १२० सम्म कारोबार भएको छ । कम्पनीको सो मूल्यमा ४३० कित्ता शेयर कारोबार भएको छ । कम्पनीको ५९ दिनको कारोबारमध्ये अन्तिम दिन शेयरमूल्य स्थिर छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा रू. ११७ देखि १२३ सम्म घुमिरहने संकेत गर्छ । आरएसआई न्युट्रन जोन ४८ दशमलव १३ विन्दुमा छ । यसले शेयर विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १ सय १९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय १७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)