ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिका ५० वर्ष : बीमा क्षेत्रलाई फर्केर हेर्दा

May 15, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आर्थिक अभियान
वित्तीय विवरणको ढाँचालाई सफलतापूर्वक लागू गर्‍यौं देवेन्द्रप्रताप शाह पूर्व, अध्यक्ष, बीमा समिति म विसं. २०६४ मा समितिको अध्यक्ष हुँदा कम्पनीको वित्तीय विवरणको ढाँचामा एकरूपता हुँदैनथ्यो । त्यसबेला कम्पनीहरूले आफ्नै तरीकाले वित्तीय विवरण बनाउने गरेका थिए । पछि हामीले धेरै मेहनत गरेर वित्तीय विवरणको उपयुक्त ढाँचा तयार गरेका थियौं । त्यसपछि लगानीकर्ताले बीमाक्षेत्रलाई एउटा विश्वसनीय क्षेत्रको रूपमा लिन थालेका हुन् । त्यतिबेला बीमाक्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै मुख्य चुनौती थियो । बीचमा बोर्डका सदस्य तथा कम्पनीका पदाधिकारीको समझदारीमा यस्तो ढाँचा बनाउने अधिकार समितिलाई छैन भन्ने कुरा पनि आयो । यही विषयमा आन्दोलनसमेत भएको इतिहास छ । तर हामीले यस्तो ढाँचा लागू गरेर नै छाड्यौं । हालसम्म सोही ढाँचाअनुसार कम्पनीहरूले वित्तीय विवरण बनाउँदै आएका छन् । १८ घण्टासम्म काम गरेर बीमा समितिलाई उठायौं रमेशराज भट्टराई पहिलो कार्यकारी निर्देशक, बीमा समिति म विसं. २०३६ मा बीमा समितिमा प्रवेश गरेको हुँ । अर्थ मन्त्रालयको दुई कोठामा हामी तीन कर्मचारी काम गर्थ्यौं । त्यसबेला सीमित संख्याका कम्पनीलाई नियमन गर्ने र अभिकर्ताको इजाजतपत्र जारी गर्ने हाम्रो मुख्य काम थियो । तर बीमाक्षेत्रले सोचेअनुरूप प्रगति गर्न सकेन, जसकारण २०४६ सालमा तत्कालीन अर्थमन्त्रीले बीमा समितिलाई नेपाल राष्ट्र बैंकमा गाभ्ने प्रयास गरे । त्यसबेला समितिलाई राष्ट्र बैंकमा गाभ्नु हुँदैन भनेर सरकारसँग ठूलो छलफल भयो । त्यसपछि समितिलाई राष्ट्र बैंकमा गाभिनबाट जोगायौं । त्यसबेला हामीसँग बीमाक्षेत्रको विकासका लागि पर्याप्त पूर्वाधार थिएन । बीमालेखका ढाँचा पनि थिएनन् । शुरूका वर्षहरूमा १८ घण्टासम्म काम गरेर पूर्वाधार विकास गर्ने, बीमालेखको ढाँचा तयार गर्नेे काम गरेका थियौं । पहिले तत्कालीन श्री ५ सरकारको नियमनमा बस्नुपर्दा समितिलाई त्यति अधिकार पनि थिएन । विसं. २०४७ प्रजातन्त्रको पुनर्बहाली भएपछि हामीले बीमा ऐन २०४९ लागू गरेर बीमा समितिलाई स्वायत्त संस्थाको रूपमा खडा गर्न सफल भयौं । बीमा ऐन ल्याउन पनि हामीले धेरै ठूलो संघर्ष गर्नुपर्‍यो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)