विसं. २०२६ वैशाख १४ गते अर्थ मन्त्रालयका अधिरकारी कृष्णबहादुर मानन्धरको अध्यक्षतामा बीमा समितिको पहिलो बैठक भएको थियो । उक्त बैठकले समितिको प्रशासकीय सचिवको रूपमा लवप्रसाद शर्मालाई ६ महीनाका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । साथै बीमक दर्ता शुल्क रू. २ हजार ५ सय र अभिकर्ता दर्ता शुल्क रू. ५० लिने निर्णय भएको समितिको माइन्युटमा उल्लेख छ ।