आफ्नो स्थापनाको ५१औं वार्षिकोत्सव मनाउँदै गरेको बीमा समितिले अब के गर्नुपर्छ भन्ने विषयमा बीमाविज्ञ तथा व्यवसायीहरूको धारणा :भोजराज शर्माबीमाविज्ञ
पछिल्लो २ वर्षयता नेपालमा बीमाको दायरा बढ्दो अवस्थामा छ । त्यसभन्दा बीमाको विकास भए पनि देशभर पहुँच पुग्न सकेको थिएन । २०४६ सालमा बीमामा उदारीकरण आएपछि बीमाको पहुँच क्रमशः बढ्दै गएको हो ।
विभिन्न बैंक स्थापना हुनु, विकासको गति बढ्दै जानु, उद्योगको संख्या बढ्दै जानुजस्ता कारण बीमाको दायरा स्वतः बढ्दै जान्छ । यस्तै वैदेशिक लगानीले पनि बीमाको दायरा बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्छ । उद्योग खोल्दा बीमा गर्नैपर्ने भएकाले पनि बीमाको दायरा बढेको हो ।
रवीन्द्र घिमिरेबीमाविज्ञ
बीमा कम्पनीहरूको संख्या बढ्दैमा बीमाको दायरा बढिहाल्छ भन्न मिल्दैन । बीमाको पहुँच र दायरा वृद्धिका लागि आम्दानीको स्रोतअनुसारको बीमा गर्ने नीति ल्याउनुपर्छ ।
आम्दानीको स्रोतभन्दा कम रकमको बीमा भएमा त्यसले बीमाको दायरा बढाउन कुनै महत्त्व राख्दैन । सानो सानो बीमा पोलिसी खरीद गरेर मात्र नहुने नीति सार्वजनिक गरेर आर्थिक हैसियत अनुसारका बीमा पोलिसी खरीद गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउनुपर्छ ।
कवि पाठकसीईओ, राष्ट्रिय बीमा संस्थान
समितिले सबैभन्दा पहिला बीमासम्बन्धी शिक्षा पाठ्यपुस्तकमा राख्ने व्यवस्था गर्न आवश्यक छ । साथै समितिले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । बीमा भनेको के हो र बीमा किन गर्नुपर्छ भन्ने जानकारी सबैलाई दिनुपर्छ ।
समाजमा बीमा नगरे पनि हुन्छ भन्ने भ्रम अझै छ । त्यसलाई चिर्नकै लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हो । १८ प्रतिशतबाट पहुँच वृद्धि गर्न सबै बीमा कम्पनीले देशभर शाखा र व्यवसाय बढाउने लक्ष्य लिनुपर्छ ।