ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिका ५० वर्ष : अवसर र चुनौतीका माझ बीमा समिति

May 15, 2019  
मुख्य खबर अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको २ दशकपछि बीमा समितिको स्थापना भएको हो । हाल बीमाक्षेत्रले ७ दशक यात्रा पूरा गर्दा समितिको इतिहास भने ५ दशकको छ । सरकारले बीमा क्षेत्रको नियमनसँगै प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप विसं. २०२५ मा बीमा समितिको स्थापना गरेको हो । समितिले जेठ १ मा ५० वर्ष पूरा गरेर ५१औं वार्षिकोत्सव मनाउँदै छ । विसं. २००४ मा नेपाल माल चलानी तथा बीमा कम्पनीले बीमा व्यवसाय शुरू गरेको हो । त्यसलगत्तै भारतीय बीमा कम्पनीहरू पनि आएर यहाँ व्यवसाय शुरू गरे । त्यसपछि बीमा संस्थानको पनि स्थापना भयो । नेपालमा बीमा व्यवसायको विस्तार हुन लागेपछि नियमनको आवश्यकता खड्कियो । त्यसपछि सरकारले समितिको स्थापना गरेको हो । तत्कालीन समयमा अर्थ मन्त्रालयको एउटा विभाग (शाखा)को रूपमा स्थापना भएको यस समिति अहिले छुट्टै नियामक निकायको रूपमा स्थापित भइसकेको छ । स्थापना भएको लामो समयसम्म समितिले दु्रतगतिमा काम गर्न सकेको थिएन । समिति तत्कालीन समयमा बीमा अभिकर्ताको इजाजतपत्र जारी गर्ने र नवीकरण गर्ने काममा सीमित रहेको भूतपूर्व कार्यकारी निर्देशक रमेशराज भट्टराई बताउँछन् । तर पछिल्लो केही वर्षदेखि समितिले आफ्नो गतिविधिलाई दु्रत गतिमा अगाडि बढाएको छ । स्थापना भएको ५०औं वर्ष पार गर्दासम्म समिति बीमा बजारमा आवश्यक धेरैओटा तŒवहरूको विकास गर्न सफल भएको छ । विशेषगरी कानूनी तथा नीतिगत व्यवस्था र सुधारमा समितिले उलेख्य प्रगति गरेको अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । बीमा बजारलाई आवश्यक तŒवहरूको विकास भइसकेको अवस्थामा समितिलाई अवसर पनि उत्तिकै मात्रामा रहेको अध्यक्ष चापागाईंको भनाइ छ । उनले भने, ‘बीमा व्यवसायका लागि नेपाल अझै भर्जिनल्यान्ड हो । यो अवस्थामा बीमा कम्पनीसँगै समितिलाई पनि उत्तिकै अवसर छ ।’ अब समितिको मुख्य काम बीमाको दायरा बढाउनु रहेको उनले बताए । अहिले २० निर्जीवन, १९ जीवन र एक पुनर्बीमा कम्पनी पनि सञ्चालनमा आएका छन् । र, उनीहरूले ७७ जिल्लामै शाखा पु¥याएका पनि छन् । यस अवस्थामा समितिलाई अवसरसँगै चुनौती पनि उत्तिकै मात्रमा रहेको विज्ञहरू औंल्याउँछन् । अहिले बीमासम्बन्धी प्रस्तावित नयाँ कानून प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ । गत असार २७ गते प्रतिनिधिसभामा प्रस्तुत भएदेखि नै सम्बन्धित निकाय र क्षेत्रका प्रतिनिधिले विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै आएका पनि छन् । उक्त अवस्थामा कानूनलाई सबैको हितमा हुनेगरी पारित गराउनु समितिको मुख्य चुनौती रहेको अध्यक्ष चापागाईंको भनाइ छ । समितिलाई कहाँ कहाँ चुनौती ? दक्ष जनशक्तिको आपूर्तिमा बीमा बजार उलेख्य रूपमा विस्तार भए पनि अझै दक्ष जनशक्तिको अभाव छ । कम्पनीका कर्मचारीले नै बीमितलाई बीमालेखको बारेमा विस्तृत रूपमा बुझाउन सकेको पाइँदैन । साथै जथाभावी शाखा स्थापना गर्दा कम्पनीहरूलाई कर्मचारीको अभाव पनि हुने गरेको छ । यसले गर्दा समितिलाई दक्ष जनशक्ति उत्पादनमा ठूलो चुनौती रहेको बीमाविज्ञ भोजराज शर्मा बताउँछन् । संस्थागत सुशासनमा बीमा कम्पनीको संख्या बढेसँगै विभिन्न विषयमा अस्वस्थ प्रतिस्पर्धाको विकास पनि हुँदै गएको छ । साथै कर्मचारीहरू सेवासुविधाको पछि लागेर १ वर्षमै दुईभन्दा बढी कम्पनीबाट नियुक्ति लिने गरेका छन् । यसले संस्थागत सुशासन कायम गर्न अफ्ठ्यारो स्थिति सृजना गरेको छ, जसअनुसार समितिलाई अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न र संस्थागत सुशासन सुनिश्चित गर्न पनि चुनौती देखिन्छ । तथ्यांक संकलनमा बीमा समितिले ५० वर्षको यात्रा पूरा गरेको छ । तर समितिसँग १० वर्षभन्दा पहिलेको कुनै पनि एकिन तथ्यांक छैन । त्यसैले समितिलाई बीमाक्षेत्रको तथ्यांक संकलनमा पनि चुनौती देखिएको बीमाविज्ञ शर्माको भनाइ छ । मर्जरमा लैजान हाल नेपालमा २० निर्जीवन र १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । हालको बजारले यति कम्पनी थेग्न सक्ने भए पनि निकट भविष्यमा गाह्रो हुने विज्ञहरूको तर्क छ । यसै विषयलाई दृष्टिगत गर्दै बीमा समितिले विसं. २०७० सालमा मर्जरसम्बन्धी निर्देशका जारी ग¥यो । साथै विसं. २०७६ सालमा आएर उक्त निर्देशन परिमार्जन गरेर कम्पनीलाई मर्जरमा जान थप प्रोत्साहन गरेको छ । तर कम्पनीहरू मर्जरमा जान इच्छुक देखिएका छैनन् । यसरी कम्पनीहरूलाई मर्जरमा लैजान पनि समितिलाई मुख्य चुनौती देखिएको छ । बीमाको पहुँच बढाउन अहिले बीमा पहुँच तीव्र गतिमा विस्तार भएको छ । तर यसले अझै पनि गरीबहरूलाई समेट्न नसकेको विज्ञहरू बताउँछन् । कम्पनीहरू सेवा विस्तारभन्दा पनि व्यवसायको पछि लाग्दा हुनेखाने वर्ग मात्र यसको दायरामा आएका छन् । कम्पनीहरूले गरीब वर्गका मानिसलाई अझै प्राथमिकतामा राखेका छैनन् । नेपालीको प्रतिव्यक्ति आय अझै न्यून छ । यो अवस्था बीमाको पहुँच सबै नेपालीमा विस्तार गर्न गाह्रो हुने विज्ञ शर्माको भनाइ छ । जागरण ल्याउन अहिले पनि अधिकांश मानिसले बीमालाई नबुझेको अवस्था छ । बीमा कम्पनीले कहाँ कहाँ कर्जा प्रवाह गर्ने भन्ने प्रश्न कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सामना गर्दै आएका छन् । साथै दूरदराजमा बसोवास गर्ने मानिसमा बीमाबारे कुनै जागरण पनि छैन । यस अवस्थामा समितिलाई बीमा जागरण ल्याउन पनि उत्तिकै चुनौती देखिन्छ । क्षमता विस्तार र नियमनमा बीमा समितिले केही वर्ष अघिसम्म प्राप्त उजुरीको आधारमा मात्र कम्पनीहरूमा नियमन गर्ने गरेको थियो । यद्यपि अहिले यसमा केही हदसम्म परिवर्तन भइसकेको छ । साथै अहिले ७७ जिल्लामा बीमा कम्पनीहरूको शाखा पुगिसकेकाले त्यहाँ पनि नियमनको आवश्यकता छ । तर सबै जिल्लामा नियमन गर्न समितिसँग पर्याप्त पूर्वाधारको विकास भएको छैन । यसकारण समितिलाई आफ्नै क्षमता विस्तार र नियमन कार्यमा पनि चुनौती देखिएको छ । बीमा सेवा निर्यातमा नेपालले पछिल्लो समय खर्बाैंको व्यापार आटा र अर्बाैं शोधनान्तर घाटा बेहोर्दै आएको छ । यसलाई न्यूनीकरण गर्न बीमाक्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । हाल नेपालमा पुनर्बीमा कम्पनीको स्थापना भइसकेको छ । उक्त कम्पनीले विदेशका बीमा कम्पनीको पुनर्बीमा गरेर विदेशी मुद्रा नेपाल भिœयाउन सक्छ । तर हाल पुनर्बीमा व्यवसाय सञ्चालनका लागि पर्याप्त कानून छैन । यो पनि बीमा समितिका लागि चुनौतीका रूपमा छ । सामाजिक सुरक्षामा हाल सरकारले सामाजिक सुरक्षाको नाममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि ती कार्यक्रमले औपचारिक क्षेत्रका मानिसलाई मात्र समेट्ने देखिन्छ । सर्वसधारण उक्त कार्यक्रमबाट लाभान्वित हुन सक्दैनन् । तर उनीहरूलाई बीमा क्षेत्रले सामाजिक सुरक्षाको अनुभूति गराउन सक्छ । बीमा सेवालाई त्योअनुरूप विस्तार गर्न पनि समितिसामु चुनौती देखिएको जानकारहरू बताउँछन् । नयाँ प्रडक्ट ल्याउन हाल विश्व बीमा बजारमा आधुनिक परिस्थिति अनुरूपका नयाँ नयाँ बीमा पोलिसीहरू निर्माण भइरहेका छन् । तर विश्व बजारको तुलनामा नेपालमा विशिष्ट किसिमका बीमा पोलिसी निर्माण भएको देखिँदैन । यद्यपि कम्पनीहरूले पछिल्लो समय आधुनिक प्रकारका बीमा पोलिसी ल्याउन शुरू गरेका पनि छन् । यसलाई थप विशिष्टीकरण गर्न पनि समितिलाई चुनौती छ । पुनर्बीमामा नेपाल पुनर्बीमा कम्पनीले ३० भन्दा बढी मुलुकका बीमा कम्पनीहरूको पुनर्बीमा गरिरहेको अवस्था छ, जसअनुसार नेपालले ३० भन्दा बढी मुलुकमा हुने महाविपत्तिको सुरक्षण गर्ने दायित्व पनि लिएको छ । भोलिका दिनमा सम्बन्धित बाह्य मुलुकमा कुनै पनि प्रकारको महाविपत्तिको घटना भयो भने नेपाललाई धक्का लाग्छ । यस्ता विषयमा तयारी पनि गराउने बीमा समितिसमक्ष चुनौती छ । चुनौतीका माझ थुप्रै अवसर अबका दिनमा समितिले यस्ता थुप्रै चुनौती सामना गर्नुपर्ने छ । जोखिम वहन गर्ने क्षेत्र भएकाले बीमा बजारले स्वतः सधैं चुनौतीको सामना त गर्नुपर्छ नै । यद्यपि यस्ता चुनौतीका माझ पनि समिति र बजारलाई थुप्रै अवसर रहेको अध्यक्ष चापागाईं बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)