ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्लिंकरमा नेपाल आत्मनिर्भर

May 17, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
निकेश खत्री काठमाडौं । सिमेन्टको मुख्य कच्चापदार्थ क्लिंकरमा नेपाल आत्मनिर्भर भएको छ । सिमेन्ट र क्लिंकर उत्पादनमा वैदेशिक लगानी भित्रिएसँगै नेपाल यसमा आत्मनिर्भर बनेको हो । चिनियाँ लगानीको होङ्सी सिमेन्टले नेपालमै क्लिंकरको उत्पादन तथा विक्री शुरू गरेपछि नेपाल एकाएक आत्मनिर्भर बन्ने अवस्थामा पुगेको सम्बद्ध उद्योगीहरू बताउँछन् । यस्तै होङ्सी सिमेन्टको बजार प्रवेशसँगै भारतीय क्लिंकरको मूल्यभन्दा नेपाली क्लिंकरको मूल्य प्रतिटन रू. १ हजार ५ सयसम्म सस्तो भएको उनीहरूको भनाइ छ । हाल नेपालमा प्रतिटन क्लिंकर ८ हजार ५०० रुपैयाँमा पाइन्छ । तर भारतमा प्रतिटन १० हजारसम्म पर्ने व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार होङ्सीले सस्तोमै क्लिंकर बेच्न थालेपछि उक्त मूल्यमा नेपाली क्लिंकर उपलब्ध हुन थालेको हो । यससँगै नेपाली सिमेन्ट उद्योगले भारतबाट क्लिंकर ल्याउन छाडेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाका अनुसार भारतीय भन्दा नेपाली क्लिंकर सस्तो पर्न थालेपछि आयात ठूलो परिमाणमा घटेको छ । खासगरी नेपालमा चिनियाँ लगानीको होङ्सी सिमेन्टको प्रवेशसँगै क्लिंकर आयात रोक्न सहयोग पुगेको अध्यक्ष थापाले बताए । ‘उक्त कम्पनीले ठूलो परिमाणमा सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै बजार भाउभन्दा सस्तोमा विक्री शुरू गर्‍यो,’ उनले भने । परिमाणस्वरूप अन्य क्लिंकर उत्पादक पनि आफ्नो मूल्य घटाउँदै होङ्सीको बजार मूल्यसँग प्रतिस्पर्धा गर्न तयार भए । हाल देशभर ८० लाख टन उत्पादन क्षमताका १८ ओटा क्लिंकर उद्योग सञ्चालनमा छन् । होङ्सी, शिवम्, अर्घाखाँची, आरएमसी जस्ता उद्योगले स्वदेशमै ठूलो परिमाणमा क्लिंकर उत्पादन थालेको अध्यक्ष थापाले बताए । भन्सार विभागको तथ्यांकले चालू आर्थिक वर्षको ६ महीनामा रू. ८ अर्ब ९० करोडको क्लिंकर आयात भएको देखाएको छ । सो अवधिमा १० लाख १६ हजार टन क्लिंकर आयात भएको विभागले जानकारी दिएको छ । त्यसयता क्लिंकरको आयात पुसदेखि चैतसम्म रू. १ अर्ब ६१ करोडबराबरको २ लाख टन मात्र क्लिंकर आयात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो ९ महीनामा १९ अर्ब ७८ करोड रुपैयाँबराबरको २२ लाख ४८ हजार टन क्लिकंर आयात भएको थियो । तर चालू आवको सोही अवधिमा करीब आधा घटेर रू. १० अर्ब ६१ करोडबराबरको १२ लाख १७ हजार टन आयात भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)