ज्योति विकास बैंक : कम्पनी विश्लेषण ( आइतवार, जेष्ठ ५, २०७६)
May 19, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले हाम्रो विकास बैंकलाई एक्विजिशन गरी ज्योेति विकास बैंकको नामबाट २०७५ चैत १५ गतेदेखि एकीकृत कारोबार गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. २८ करोड ५३ लाख नाफा कमाएको छ । यो नाफा गत आवकोे सोही अवधिको तुलनामा २८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा रू. २२ करोड २४ लाख थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा वृद्धि भएको हो । बैंंकको चुक्तापूँजी रू. ३ अर्ब १० करोड पुगेको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल बैंकले ९६ ओटा शाखा कार्यालयबाट बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको बिहीवार भएको शेयर कारोबारमा अघिल्लो दिनभन्दा ७ अंक मूल्य बढेर रू. १५३ कायम भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६१ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशलमव ९५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय ५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ सय ४० मा टेवा पाउने देखिन्छ । यस कम्पनीको शेयरमूल्य ६३ दिनको कारोबारमै उच्च मूल्यमा पुगेको हो ।