ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएलजी इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण ( आइतवार, जेष्ठ ५, २०७६)

May 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले पूँजीवृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ १४ गते साधारणसभाको आयोजना गर्ने भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । कम्पनीले यो प्रस्तावमा नियामक निकाय बीमा समिति र सेबोनबाट स्वीकृति पाएपछि निष्कासन गर्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासनबाट पूँजीवृद्धि गर्न लागेको हो । कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अघिल्लो दिनभन्दा २६ अंक घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ८१७ कायम भएको छ । यस दिन कम्पनीको ७ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ९३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशलमव ६० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ८ सय १७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ८२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८ सय ४८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)