ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड मोदी हाइड्रोपावर : कम्पनी विश्लेषण ( आइतवार, जेष्ठ ५, २०७६)

May 19, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ५ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ६९ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ५ करोड ६४ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड छ भने रिजर्भ कोषमा रू. ७ करोड २२ लाख छुट्ट्याएको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ११७ कायम भएको छ । यस दिन कम्पनीको ३ हजार ५८३ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्यामर आकृति भएको मैनबत्ती बनेको छ । यस आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्सल हुने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ५३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ७८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिनेभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय १७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय २३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय १७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)