ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियन लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (सोमवार, ६ जेठ २०७६)

May 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पुराना जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी प्रतिशत नाफा वृद्धि गरेको छ । कम्पनीले गतवर्षभन्दा यस वर्ष ६३ दशमलव ५४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गतवर्ष रू. ३ करोड ३२ लाख ६८ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ४४ लाख ९ हजार नाफा कमाएको छ । कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पु¥याउन कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब २५ करोड ६७ लाख २५ हजारको आधारमा ६० प्रतिशत हकप्रद शेयर विक्री गरिसकेको छ । हकप्रद वितरण गरेपछि कम्पनीको तोकेबमोजिम चुक्तापूँजी पुग्नेछ । यस वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २ अर्ब ६४ करोड ९० लाख २६ हजार बीमाशुल्क आर्जन गरेको छ । हाल कम्पनीमा २ लाख ६० हजार ७७३ बीमालेख कायम छ । आइतवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा ८ अंक घटेर रू. ६६६ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने वा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४७ दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशलमव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखासँग जोडिएको छ । आइतवारको शेयरमूल्य रू. ४३० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४५१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४३५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)