ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा इन्स्योरेन्स : सोमवार, ६ जेठ २०७६

May 20, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले पूँजीवृद्धिका लागि हाल कायम चुक्तापूँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ८२ लाख छ । ८६ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेकाले शेयरमूल्य बढेको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले बोनस शेयर वितरण गरेर पूँजी वृद्धि गर्न लागेको हो । आइतवार कम्पनीको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ ।

कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३२ दशलमव शून्य ४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । आइतवारको शेयरमूल्य रू. १ हजार ४ सय ३० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ५ सय ८१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ३ सय ५१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)