चालू आवको ९ महीनामा कम्पनीले रू. १५ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिमा रू. १३ करोड ३५ लाख नाफा कमाएको थियो । कम्पनीले बीमा शुल्कबाट रू. १ अर्ब २१ करोड आर्जन गरेको छ । चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएको थियो । सोहीअनुरूप कम्पनीले पूँजीवृद्धिका लागि आकर्षक लाभांश दिने हल्लाले शेयरमूल्य केही दिनयता वृद्धि भएको हो । आइतवार भने कम्पनीको शेयरमूल्य १५ अंक घटेर रू. १ हजार २ सय २५ मा बन्द भएको छ । आइतवारको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १३ हजार ५ सय ३७ कित्ता शेयर खरीद गर्ने र ७ हजार ७५ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६५ दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६५ दशलमव ७७ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ हजार २ सय २५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २ सय ४० प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २ सय मा टेवा पाउने देखिन्छ ।