ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रैराङ हाइड्रोपावर : कम्पनी विश्लेषण (मंगलवार, ७ जेठ २०७६)

May 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस कम्पनीको स्वामित्वमा धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । दोस्रो आयोजनाको रूपमा कम्पनीले ताप्लेजुङमा ९ हजार ९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत् आयोजना पहिचान र सर्वेक्षण सम्पन्न गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् ३० वर्षका लागि नेपाल विद्युत् प्राधिकरणसँग खरीदविक्री गर्ने सम्झौता भइसकेको छ । यस आर्थिक वर्षको ९ महीनामा कम्पनीले विद्युत् विक्रीबाट रू. १० लाख ९० हजार आम्दानी गरेको छ । गतवर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १२ लाख ५२ हजार आम्दानी गरेको थियो । विद्युत् विक्री आम्दानी घटेसँगै कम्पनीको नाफामा पनि कमी आएको छ । यस अवधिमा कम्पनीको खुद नाफा रू. ११ लाख ७ हजार छ । यो नाफा गतवर्षको यसै अवधिमा रू. २७ लाख ८७ हजार थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५६ करोड छ । यस कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४९ दशमलव शून्य ४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशलमव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखासँग जोडिएको छ । सोमवारको शेयरमूल्य रू. ९३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ९७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ९१ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)