ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन पावर पार्टनर : कम्पनी विश्लेषण (मंगलवार, ७ जेठ २०७६)

May 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
एनआरएन कम्युनिटी र आईएमई समूहको सहकार्यमा २०६१ सालमा गठन भएको यस कम्पनीले लमजुङ जिल्लामा २०७१ साल फागुनदेखि २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको छ । २०७० सालमा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीमा हाल १ लाख ३४ हजारभन्दा बढी शेयरधनी सदस्य छन् । अधिकृत पूँजी रू. २ अर्ब ७० करोड रहेको यस कम्पनीले जारी पूँजीबराबरको शेयर जारी गरी रू. १ अर्ब ६ करोड ५४ लाख १७ हजार चुक्तापूँजी पुर्‍याइसकेको छ । आयोजनाको निर्माण हालसम्म ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । गत असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने आयोजना सम्पन्न नभएपछि नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौता संशोधन गरेको कम्पनीले संशोधित सम्झौता अनुसार सन् २०१९ अगस्ट ३१ मा विद्युत् प्रवाह गर्ने गरी काम गरिरहेको छ । दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य सोमवार रू. १८१ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ७५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा र २६ दिने मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. १८१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १८६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १७५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)